भारत पाकिस्तान सीमामा गोली हानाहान, शनिबार चार मारिए
भारत पाकिस्तानको सीमा क्षेत्रमा विगतका केही दिनदेखि आक्रमण जारी रहेका र शनिबार भएका यस्तै घटनामा परी कम्तीमा पनि चारजनाको ज्यान गएको बताइएको छ । काश्मिरमा भएको सो गोली प्रहारमा शनिबार चारजनाको ज्यान गएको बताइएको छ । शनिबार बिहानै सीमा क्षेत्रमा भारत र पाकिस्तान दुवैपक्षबाट हमलाहरु भएका हुन् ।
भारतीय पक्षले दिएको जानकारीअनुसार पाकिस्तानी पक्षले गरेको गोली प्रहारमा दुईजना मारिएका छन् । पाकिस्नानी सुरक्षा बलले गरेको गोली प्रहारमा परी दुई जना भारतीयको ज्यान गएको भारतीय प्रहरी निरीक्षक राजेश कुमारले जानकारी दिएका छन् । पाकिस्तानी पक्षबाट गरिएको भनिएको गोली प्रहारबाट दुई जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले शनिबार जनाएका छन् । मारिएका दुईजना नै सर्वसाधारण रहेका भारतीय पक्षको जानकारी छ । त्यसलगत्तै शनिबारै भारतीय पक्षले पनि पाकिस्तानतर्पm गोली प्रहार गरेको भन्दै त्यसमा परी दुई जना पाकिस्तानी नागरिक मारिएको पनि उनीहरुको भनाई छ । यसरी यी दुई छिमेकीले एक आपसमा आक्रमणको आरोप लगाएका छन् । तर दुवैले आपसमा आफ्नो तर्फबाट आक्रमण भने नभएको दाबी गरिरहेका छन् । उनीहरुले एक आपसमा आक्रमण आफुहरुले नगरेको दाबी गरिरहेका छन् । पाकिस्तानी अर्धसैन्य बलका अधिकारीले भारतीय पक्षले नै आक्रमण गर्ने गरेको भन्दै उसको आक्रमणमा परी दुई पाकिस्तानी नागरिक सहिद भएको जनाएका छन् । भारत र पाकिस्तानका बीचमा विगत लामो समयदेखि अवरुद्ध रहेको शान्तिवार्ता हालैमात्र गर्ने भनिएको भएपनि त्यो अघि बढ्न सकिरहेको छैन । गत केही दिनयतादेखि यी दुई देशको सीमा क्षेत्र काश्मिरमा आक्रमणका घटनाहरु भएकोले वार्ताको प्रक्रिया पनि अघि बढ्न नसकेको हो । यही अगष्ट ८ देखि पाकिस्तान र भारतका बीचमा यो दुवैतर्फको गोली हानाहान सुूरु भएको हो । त्यसदित एकजना भारतीय सीमा सुरक्षा अधिकारीले पाकिस्तानी भूभागमा विनाअनुमति प्रवेश गरेको भनी पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । पछि उनलाई मुक्त गरियो र यसका कारण यी दुई देशका बीचमा तनाव पनि सुरु भयो । त्यसपछि यी दुवै देशका सीमा सुरक्षा बलका बीचमा आपसमा दोहोरो गोली हानाहान सुरु भएको हो । जम्मु र काश्मिर भारत र पाकिस्तानको विगत लामो समयदेखिकै विवादास्पद क्षेत्र हुन् । ती दुई क्षेत्रका कतिपय भूभागलाई दुवै देशले आ आफ्नो दाबी गर्दै आएका छन् । त्यसैले पनि यी दुई देशमा सीमा क्षेत्रमा आ आफ्ना सीमा सुरक्षा बलहरु राखिरहेका छन् र समयसमयमा ती बलका बीचमा आपसमै आक्रमण हुने गर्दछ ।