ईबोला त्रास नेपालमा: अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेस्क स्थापना सुरु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले इबोला भाइरस नेपालमा भित्रिन नदिन काँकरभिट्टा, वीरगन्ज र भैरहवालगायत अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेस्क स्थापनाका लागि काम भइरहेको जनाएको छ ।
अस्पतालमा आवश्यक पर्ने पसर्नल प्रोटेक्टिभ इक्विपमेन्ट हाल एक हजार थान मौज्दातमा रहेको र ५० शय्याभन्दा माथिका सरकारी अस्पताल तथा २०० शैय्याभन्दा माथिका सबै अस्पतालमा शङ्कास्पद रोगीलाई छुट्टैसहित प्रत्यक्ष निगरानी राख्न आग्रह गरेको छ । उनीहरूलाई २१ दिनसम्म निगरानीमा राखी शङ्कास्पद व्यक्तिबाट मात्र परीक्षण गर्ने व्यवस्था मिलाइएको महाशाखाका निर्देशक बाबुराम मरासिनीले जानकारी दिनुभयो । उहाँले सो भाइरस भित्रिन नदिन उच्च सतर्कताका साथ त्रिभुवन विमानस्थलमा यही भदौ १ देखि स्थापित हेल्थ डेस्कमा हालसम्म पश्चिम अफ्रिकी मुलुकबाट ३० यात्रु नेपाल भित्रिएको भए पनि उनीहरूमा सो रोग नपाइएको बताउनुभयो ।