अमित डन भन्ने प्रहरीको खोरमा


महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले टेलिफोनबाट धम्की दिई मोटो रकम लिन खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला धापासी–९ श्रीटोल निवासी १८ वर्षीय आशिष पाण्डेले नयाँ सडकका व्यापारीलाई फोन गरी “म अमित डन हुँ, मलाई रु १५ लाख एक हप्ताभित्र दे, प्रहरीलाई खबर गरिस् भने घाँटी काटिदिन्छु” भनी फोनबाट धम्की दिई रकम लिन खोजेको आरोपमा निज पाण्डेलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले जानकारी दिनुभयो । अभियुक्त पाण्डेलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?