सुनकोशी पीडितलाई ५ लाख सहयोग


अष्ट्रेलियाको नेप्लिज डेमोक्रेटिक फोरमबाट सुनकोशी पीडितलाई ५ लाख सहयोग
माङ्खा जुरे पहिरो र सुनकोसी पीडितहरूको राहत र पुनःस्थापनाका लागि अष्टेलियामा बस्ने नेपालीहरूले आज रु पाँच लाख सहयोग प्रदान गर्नु भएको छ । अष्टेलियाको नेप्लिज डेमोक्र्याटिक फोरमको तर्फबाट इन्जिनियर नारायण काफ्लेले सो रकमको चेक उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई हस्तान्तरण गर्नुभयो भने उपप्रधानमन्त्री सिंहले सो चेक जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई प्रदान गर्नुभएको थियो । सो सहयोग रकम जुटाउन नेपाली काँगे्रस सिन्धुपाल्चोकका युवा नेता तारानाथ दाहालले पहल गर्नुभएको थियो । समारोहमा उपप्रधानमन्त्री सिंहले सुनकोसी पीडितका लागि राहत पुनःस्थापना एवम् क्षति पुगेको पूर्वाधारको पुनर्निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकता दिएर काम गरेको बताउनुभयो । उहाँले विपत्तिमा परेकाहरूको सहयोगका लागि नेपाली काँग्रेस सिन्धुपाल्चोकको आह्वानमा अष्ट्रेलियामा बासोवास गरिरहेका नेप्लिज डेमोक्र्याटिक फोरमले गरेको यस मानवीय कार्यको सराहना गर्नु भयो । प्रजिअ पराजुलीले अझै पनि ११ वटा शवको पहिचान हुन नसकेको र १४६ शव फेला नपरेको एवम् पीडित एक हजार २४० घरमध्येलाई पीडितका आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गमा विभाजन गरी राहत वितरण गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?