कोठामा थुनेर यौनकार्य गर्न बाध्य पार्ने होटल मालिक खोरमा


मोरङको कोसी हरैचा नगरपालिकाको विराटचोकस्थित आग्रह होटलमा किशोरीलाई बन्धक र यौन शोषण गरेको आरोपमा जुनु मगर र दिनेश श्रेष्ठलाई बेलबारी प्रहरीले गएराति पक्राउ गरेको छ । प्रहरी निरीक्षक दुर्गा दाहालले इलाका प्रहरी कार्यालय बेलबारीमा पीडित किशोरीले उजुरी दिएको आधारमा उनीहरूलाई पक्राउ गरेको जानकारी दिनुभयो । मधुमल्ला–५ की मगरले भदौ २४ गते उक्त होटलसम्म पु¥याएको र होटल सञ्चालक श्रेष्ठले युवक बेलाएर यौन सम्पर्क गराउने गरेको उजुरीमा उल्लेख गरिएको छ । प्रहरी निरीक्षक दाहालले किशोरीलाई कोठामा थुनी जबर्जस्ती होटलमा ल्याएर जबर्जस्ती यौन सम्पर्क गराउने गरेको पाइएको बताउनुभयो । अभियुक्त श्रेष्ठ र मगरले लामा समयसम्म यौनधन्दासमेत चलाइरहेको प्रहरी निरीक्षक दाहालको भनाइ छ । पीडित युवतीले सातदिनयता आफूलाई कोठामा थुनी बन्धक बनाएको र युवा बोलाएर जबर्जस्ती करणी गर्न लगाएको बताउनुभयो ।[ninja-popup id=1184 autoopen=true]

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?