९ सय मेगावाट विजुली पाँच वर्षभित्र


नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न भएको छ । प्रधानमन्त्री सुशील कोइराला र भारतका गृहमन्त्री राजनाथ सिंहको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जोन राव (जिएमआर) का ऊर्जा अध्यक्ष एवम् नेपाल प्रमुख अरविन्द मन्चा शेशानले सो सम्झौतामा हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले जिएमआरसँग माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणमा भएको सम्झौताले मुलुकको आर्थिक समृद्धिको ढोका खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, निजी क्षेत्रको लगानीमा यति ठूलो आयोजनामा पहिलोपटक सम्झौता भएको र त्यो नेपाल र नेपालीको हितमा प्रयोग हुने बताउनुभयो । त्यसैगरी भारतीय गृहमन्त्री सिंहले भारत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै भारतले नेपालमा शान्ति समृद्धि र स्थायित्व चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारत नेपालको समृद्धि चाहन्छ छिमेकीहरूको समृद्धिबाटै भारतको पनि समृद्धि हुनेमा हामी विश्वस्त छौँ”, उहाँले भारतको प्रख्यात निजी क्षेत्रको कम्पनी जिएमआरलाई निर्धारित समयभित्रै आयोजना निर्माण गर्न आग्रह गर्नुभयो । साथै उहाँले कम्पनीको विश्वसनीयता र शाखमा आँच आउनुहुँदैन भन्नुभयो । हस्ताक्षर समारोहमा मन्त्रिपरिषद्का सदस्यहरू, नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरू, नेपालका लागि भारतका राजदूत र नेपाल सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।[ninja-popup id=1184 autoopen=true]

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?