रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरूले रसियामाथि लगाएको प्रतिबन्ध विश्व व्यापार संगठनको सिद्धान्त विपरीत रहेको बताउनुभएको छ । रसियामाथि केही पश्चिमा देशहरूले थप नाकाबन्दी लगाएका छन् । सो नाकाबन्दी विश्व व्यापार संगठनको सिद्धान्त र मान्यता बिपरीत रहेको उहाँले बताउनुभएको हो । दयुक्रेनको विषयलाई लिएर युरोपेली युनियन र संयुक्त राज्य अमेरिकाले बिहीबार सो नाकाबन्दी लगाएका हुन् । मस्कोमा बिहीबार आयोजित एक सरकारी बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– विश्व व्यापार संगठनमा सदस्य रहेका हामै्र साथीहरूले रसियामाथि यस्तो नाकाबन्दी लगाएका छन् र त्यो कुनै पनि हिसाबले उक्त संगठनको मान्यता र सिद्धान्तबमोजिम हुन सकिरहेको छैन । युक्रेनको पूर्वी भूभागमा हालैका दिनमा जारी रहेको सङ्कटको कारक पश्चिमा देशहरू र अमेरिकाले रसिया रहेको बताउदै आएका छन् । उनीहरूको सो आरोपको रसियाले भने ठाडै विरोध गर्दै आएको छ । जसका कारण पछिल्ला समयमा केही पश्चिमा मुलुक र रसियाका बीचको कूटनीतिक सम्बन्धमा पनि दरार उत्पन्न भइरहेको छ ।