कोइरालासँग भारतीय गृहमन्त्री र अमेरिकी राजदूतको भेट


प्रधानमन्त्री सुशील कोइरालासँग भारतका गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो । भेटमा हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपालको औपचारिक भ्रमणले नेपाल तथा भारत दुवै देशका जनतालाई पारेको सकारात्मक प्रभावका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री कोइरालासँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा उहाँहरुबीच प्रधानमन्त्रीको संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन जाने विषयमा कुराकानी भयो । भेटमा राजदूत बोडीले प्रधानमन्त्रीको भ्रमणको सफलताको कामनासमेत गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?