स्वदेश फर्किए उपराष्ट्रपति


उपराष्ट्रपति परमानन्द झा प्रथम चीनतिब्बत पर्यटन तथा सांस्कृतिक मेलामा विशेष अतिथिका रुपमा भाग लिई स्वदेश फर्कनुभयो उपराष्ट्रपति झालाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम, सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल, ऊर्जामन्त्री राधादेवी ज्ञवाली मुख्यसचिव लीलामणि पौडेललगायत उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभएको थियो विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपराष्ट्रपति झाले यस वर्षको मेलामा नेपाललाई मात्र निम्त्याइएको  अर्को वर्षदेखिका कार्यक्रममा अरु देशलाई पनि निम्त्याउने जानकारी दिइएको बताउनुभयो तिब्बतको संस्कृति मन्त्रालय राष्ट्रिय पर्यटन केन्द्रले आयोजना गरेको मेलामा उपराष्ट्रपति झालाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो मेलापछि उपराष्ट्रपति झाले कैलाश मानसरोवरको यात्रासमेत गर्नुभएको थियो उपराष्ट्रपतिको भ्रमण दलमा उहाँकी धर्मपत्नी, उपराष्ट्रपति कार्यालयका सचिव राजकुमार मल्ल परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेललगायतका अधिकारीहरु सहभागी हुनुभएको थियो मेलामा विशेष अतिथिका रुपमा भाग लिन उपराष्ट्रपति झा असोज गते तिब्बतको ल्हासातर्फ प्रस्थान गर्नुभएको थियो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?