काठमाडौंबाट विराटनगर जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु


खचाखच यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस म्याग्दीबाट काठमाडाँैतर्फ जाँदै गरेको अर्को बससँग आज बिहान ठोक्किँदा पाँचजनाको मृत्यु भएको भने ५० भन्दा बढी घाइते भएका छन् पृथ्वीराजमार्गअन्तर्गत धादिङको भुमेस्थानसिम्ले बजारमा विपरीत दिशाबाट गुडेको दुईवटा बस एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो बेनीबाट काठमाडौँ जाँदै गरेको ना३ख ७६३३  काठमाडौँबाट झापा काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक ना५ख ४३८४ नम्बरको बस एकआपसमा ठोक्किएको प्रहरीले जानकारी दिएको दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँ विशालनगरकी ३० वर्षीया छुलीकान्छी उनकी वर्षकी छोरी कीर्तिका थापामगर, बसका चालक म्याग्दी पाङ गाविसका किसान भन्ने विष्णुबहादुर कार्कीको मृत्यु भएको प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलले बताउनुभयो   बेनीबाट काठमाडौँ जाँदै गरेको बसमा सवार तीनजनाको मृत्यु भएको हो बाँकीको सनाखत हुन सकेको छैन मृतक सबै चालक बसको छेउमा बसेका थिए दुर्घटनामा १५ जना गम्भीर घाइते छन् उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको महादेवबेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हरिओम शाहीले जानकारी दिनुभयो बाँकी घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको तीव्रगतिमा गुडेका थिए दुवै बस ना३ख ७६३३ नम्बरको बसले साइड च्याप्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् केहीबेर सडक अवरुद्ध भएको थियो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?