देशबाहिर जाने अष्ट्रेलियन नागरिकलाई अपहरणबाट बच्न विदेशमन्त्री विशपको आग्रह


अष्ट्रेलियाकका विदेशमन्त्री जुली विशपले एक प्रेस विज्ञप्ति जारी गर्दै देश बाहिरको भ्रमण गर्ने अष्ट्रेलियन नागरिकहरुलाई सावधान रहन आग्र्ह गर्नुभएको छ । विज्ञप्तिमा अफगानिस्तान, कोलम्बिया, ईराक, पूर्वी मलेशिया, दक्षिणी फिलिपिन्स, सोमालिया, सिरिया, यमन र अफ्रिकाको उत्तरी र पश्चिमी क्षेत्रको भ्रमणमा विशेष सजगता अपनाउन भनिएको छ । आईएस उग्रवादीहरुले विभिन्न देशका नागरिकलाई अपहरण गर्ने र प्रचारका निम्ति उनीहरुको हत्या गर्ने क्रम बढेपछि विदेशमन्त्रालयको तर्फबाट यस्तो चेतावनी सार्वजनिक गरिएको हो । स्मरणीय छ, अष्ट्रेलियाले पनि आईएसविरुद्धको कारवाहीमा अमेरिकालाई सहयोग गर्ने भएपछि यस्तो यस्तो सावधानीको मात्रा बढाउनुपर्ने अवस्था आएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?