चुम्बनले गयो प्रहरीको जागिर


तान्जिनियामा यी दुई प्रहरी अधिकारीहरुले एक अर्कालाई चुम्बन गरेपछि दुबैको जागिर चट् भएको छ । यो तस्वीर सामाजिक सञ्जालमा फैलिएपछि त्यहाँको प्रहरी मुख्यालयले दुबैजनालाई जागिरबाट बर्खास्त गर्ने निर्णय गरेको छ । दुबैजना प्रहरीको पोशाकमा नै चुम्बनमा व्यस्त भएको देख्न सकिन्छ । यो तस्वीर यस्तो मुद्रामा चुम्बन गर्दै गरेको देख्ने तेस्रो प्रहरी सहकर्मीले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । क्षेत्रीय प्रहरी कमाण्डर हेनरी मोइबाम्बेले प्रहरीको अनुशासन उल्लंघन गरेको आरोपमा दुबैमाथि कारवाही गरिएको र उनीहरुलाई सफाईको मौका समेत दिइएको स्पष्टीकरण दिए । प्रहरीको आचारसंहिता विपरितको आचरण गर्ने यी दुई मात्र होइन फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रहरीको पनि जागिर गएको छ । यस घटनापछि धेरैले फेसबुकमा कमेन्ट गर्दै उनीहरुमाथि गरिएको कारवाही सही नभएको प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?