राजनीतिक संवाद तथा सहमति समितिमा मुख्य दलहरु सहमति जुटाउने प्रयास गर्दै


मुख्य राजनीतिक दलबीच नयाँ संविधानमा रहने चार विषयलाई सहमतिमा ल्याउन नयाँ सिराबाट छलफल सुरु भएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बुधबारको बैठकमा दलबीच नयाँ संविधानमा उल्लेख गरिने मुख्य विवादित विषय राज्यको पुनःसंरचना, शासकीय स्वरुप तथा निर्वाचन न्याय प्रणालीका विषयमा छलफल भएको हो विगतमा समितिको बैठकमा ती विषयमा सहमति खोज्न असहमतिका बुँदाबाट छलफल भए पनि आज  दलबीचमा न्यूनतम के सहमति हुन्छ भन्ने बुँदाबाट छलफल भएको समितिका सभापति डा बाबुराम भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिनुभयो उहाँका अनुसार चार विषयमा दलबीच कुन बिन्दुमा सहमति हुन्छ, सोका बारेमा बैठकमा छलफल भयो बैठकमा शीर्ष नेताले ती चार मुख्य विषयमा आफ्ना दलगत धारणा बैठकमा राखेका थिए सकेसम्म ती विषयमा सहमतिको प्रस्ताव तयार हुन्छ, यसो हुन नसके प्रक्रियागत रुपमा जान सहमति हुन्छ”सभापति डा भट्टराईले भन्नुभयो तीलगायत संविधानमा रहने अन्तर्वस्तुका बारेमा समितिले बिहीबारसम्ममा प्रतिवेदन तयार गर्नुपर्नेछ समितिका सदस्य गगनकुमार थापाले अहिले आएर समितिको बैठकमा ती मुख्य विषयमा दलगत धारणा राख्नु विडम्बनाको विषय भएको बताउनुभयो   उहाँले भन्नुभयो, संवाद समितिमा सहमति नजुटे ती चार विषयको छिनोफानो संविधानसभाले नै गर्न दिनुपर्छ ।” सभापति डा भट्टराईले संविधानमा रहने ती विषयमा समितिमा नै सहमति बन्दा राम्रो सन्देश जाने बताउनुभयो दलबीचमा मुख्य रुपमा राज्यको पुनःसंरचना शासकीय स्वरुपका विषयमा मतभिन्नता नेपाली कांग्रेस नेकपा(एमाले) भूगोलका आधारमा थोरै प्रदेशका पक्षमा  तथा एकीकृत नेकपा (माओवादी)लगायत मधेसवादीकेन्द्रित दल जातीय आधारमा धेरै प्रदेशका पक्षमा छन्

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?