हिउँपहिरामा परी तीन विदेशीसहित सातको मृत्यु


हिउँपहिरामा परी मुस्ताङ मनाङमा तीन विदेशीसहित सात जनाको मृत्यु भएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको मनाङबाट पदयात्रामा हिँडेका दुई पोल्यान्डवासी, एक इजरायली एक नेपाली मुस्ताङको झोरङ्गलमा पुग्दा अचानक माथिबाट हिउँपहिरो आई उनीहरूलाई पुरेको थियो मृतकको भने सनाखत हुन सकेको छैन   नेपाली सेना प्रहरीको उद्धार टोलीले हिउँपहिरामा पुरिएका १४ जनालाई भने हेलिकोप्टरबाट सकुशल उद्धार गरेको मुस्ताङका प्रजिअ बाबुराम भण्डारीले बताउनुभयो हिउँपहिराले पुरिएका अन्य पर्यटकको पनि खोजी भइरहेको यस्तै मनाङको नार फु गाउँमा याक चराउन गएका तीन जनाको मृत्यु भएको मनाङ प्रहरीले जनाएको मुत्यु हुनेमा नार गाविसका पूर्वअध्यक्ष ४७ वर्षीय फुर्पा लामा, ३० वर्षीय ध्याङ्चोक लामा एक जनाको भने सनाखत हुन सकेको छैन

डाँडाकाँडामा भारी हिमपात

सोमबारदेखि परेको पानीसँगै मुस्ताङ र मनाङका डाँडाकाँडामा भारी हिमपात भएको छ । मुस्ताङको उपल्लो भेगका डाँडापखेरामा बाक्लो हिउँ जमेकाले निकै जाडोको महसुस गरिएको छ । मुस्ताङमा ७७ मिलिलिटर पानी परेको त्यहाँको जल तथा मौसम विज्ञान विभाग जोमसोम केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?