उपप्रधानमन्त्री बामदेव गौतम चीन प्रस्थान, राजनीतिक भेटघाट पनि हुने


उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम नौ सदस्यीय उच्च सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनतर्फ प्रस्थान गर्नुभयो चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको निमन्त्रणा साताव्यापी भ्रमणका सिलसिलामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको मन्त्री गौतमका सञ्चार संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो भ्रमणका क्रममा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुका साथै आफ्ना समकक्षी एवम् अन्य सरकारी अधिकारीहरूसँग पारस्परिक हित चासोका विविध विषयमा विचारविमर्श गर्नुहुने जानकारी संयोजक सुवेदीले दिनुभयो गृहमन्त्रालयका निम्ति सुविधासम्पन्न अत्याधुनिक भवन निर्माण, सशस्त्र प्रहरी बलका लागि चिनियाँ सरकारद्वारा निर्माण गरिने तालिम केन्द्रसम्बन्धी यसअघि भएको सम्झौताको कार्यान्वयन, सीमा क्षेत्रमा परिचालन हुने सुरक्षा तथा अध्यागमन अधिकारीहरूको क्षमता अभिवृद्धि, दैवी प्रकोप व्यवस्थापनमा चिनियाँ सहयोग जुटाउनेलगायत विषयमा उहाँको भ्रमण केन्द्रित रहने बताइएको नेपाल प्रहरी सशस्त्र प्रहरी बलका निम्ति आर्थिक एवम् भौतिक सहयोग हासिल गर्ने विषयमा पनि उपप्रधानमन्त्रीले चिनियाँ अधिकारीहरूसँग छलफल गर्ने जनाइएको

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?