कोबानेमा जारी झडपमा ६०० भन्दा बढीको मृत्यु
इस्लामिस्ट स्टेट (आइएस) समूह जिहादीले सिरियाको कोबानेमा एक महिनायता जारी राखेका भीषण आक्रमणमा ६०० भन्दा बढी लडाकुको भएको छ । उक्त जानकारी मानवअधिकारीवादी समूहले बिहीबार दिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सका अनुसार यसमा मारिएका सयौँ आइएस लडाकुहरू भने परेका छैनन् । पेन्टागनका अनुसार यसै अवधि कोबानेमा आइएस लडाकुलाई लक्ष्यगरी अमेरिकासँग आबद्ध हवाई आक्रमणमा सयौँ आइएस लडाकु मारिएका छन् । गत सेप्टेम्बरको १६ बाट बुधबार मध्य रातसम्म टर्कीको सीमा क्षेत्रमा पर्ने सिरियाको कोबानेमा जारी द्वन्द्वमा परी ६६२ लडाकु मारिएको बेलायतसँग आबद्ध मानवअधिकारी वाढी समूहले जनाएको छ । तीमध्ये २० सर्वसाधारण पनि रहेको अब्जरभेटरीका निर्देशक रामी अब्दुल रहमानले एएफपीलाई बताउनुभएको छ । यस क्रममा आइएसले आफ्नो ३७४ लडाकु गुमाएका र झडपको क्रममा कुर्दिश पक्षका २६८ व्यक्तिले ज्यान गुमाएको बताइएको छ ।