न्यूजिल्याण्ड, कोलम्बिया र पोल्याण्डका राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति डा रामवरण यादवले न्युजिल्यान्ड, कोलम्बिया र पोल्यान्डका राजदूतको ओहोदाको प्रमाणपत्र आज ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा ती राष्ट्रका नवनियुक्त राजदूत क्रमशः ग्राहेम मोर्टन, मोनिका लान्जेन्ट्टा म्युटी र तोमाज लुकास्जुकले प्रमाणपत्र बुझाउनुभएको थियो । समारोहमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, नेपाली सेनाका रथी पवनबहादुर पाण्डे, राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्याय र कावा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत राष्ट्रपति कार्यालय तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।