चीनमा ट्वाईलेट रेष्टुरेन्ट, खाने भाँडासम्म ट्वाईलेटकै आकारमा


चीनका विभिन्न ठाउँमा ट्वाईलेट थीममा रेष्टुरेन्ट खुल्ने क्रम बढ्दै गएको छ । यसै क्रममा ताइयुआनको सांग्झी प्रान्तमा भर्खरै नयाँ रेष्टुरेन्ट खोलिएको छ । यसमा बस्ने सबै ठाउँ कमोड आकारको छ भने कुशन कस्तो छ ? चित्रमा हेर्न सक्नुहुन्छ । वरिपरिको ईन्टेरियर पनि बाथरुमकै जस्तो बनाइएको छ । भित्तामा पूरै ट्वाईलेटमा राखिने टायल हालिएको छ । त्यस्तै शावर र ट्वाईलेट पोपर स्ट्याण्ड पनि यहाँ देख्न सकिन्छ । चाउचाउ, मासु, शाकाहारी भोजन जे भएपनि ट्वाईलेटजस्तै भाँडामा सर्भ गर्नु अर्को विशेषता हो । यसअघि बेइजिंग, सांघाई लगायतका ठाउँमा यस्ता रेष्टुरेन्ट खुलिसकेका छन् । चीनमा नै ग्राहक आकर्षित गर्ने अन्य विभिन्न खाले थिममा पनि रेष्टुरेन्ट सञ्चालन गरिएको छ । बेइजिंगमा एउटा रेष्टुरेन्ट छ जहाँ कंगपूmका विभिन्न स्टाईल देखाउँदै वेटरहरुले सर्भ गरिरहेका हुन्छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?