केन्यामा दुर्लभ सेतो गैंडाको मृत्यु, अब ६ वटा मात्रै बाँकी
विश्वबाट नै लुप्त हुन लागेका सेतो जातिका गैंडामध्ये एउटाको शुक्रबार मृत्यु भएको छ । ३४ वर्ष उमेरको यो सेतो गैंडा संसारमा सातवटा मात्र छन् । त्यसमध्ये एउटाको मृत्यु भएपछि अब ६ वटा मात्रै बाँचेका छन् । यिनलाई संरक्षण गर्नका निम्ति विशेष पहल भइरहेको छ । तर, सफलता हात परेको छैन । केन्याको नैरोबीबाट २ सय ५० किलोमिटर उत्तरमा पर्ने अल पिटेजा संरक्षण क्षेत्रमा मृत अवस्थामा भेटिएको हो । सेतो गैंडाको मृत्युको कारण अहिलेसम्म खुलेको छैन पूर्णत विलुप्त हुने अवस्थामा आइसकेका यी सेतो गैंडामध्ये २ वट मात्रै भाले छन् । एक सिंगे गै.डाका लागि नेपाल विश्वमै परिचित छ । तर, उत्तरी सेतो प्रजातिको गो गैंडाको भने दुईवटा सिंग हुने गरेको छ ।