पारामशाला परेडमा नेपाली सांस्कृतिक टोली पनि सहभागी


तीन दिनसम्म चल्ने पारामशाला कार्यक्रमको पहिलो दिन पारामशाला परेडमा नेपाली समूदायका प्रतिनिधिहरु पनि सहभागी बनेका छन् । पारामाट्टा परिषद्को आयोजनामा हरेक वर्ष हुने यो कार्यक्रममा नेपाली समूदाय पहिलो पटक सहभागी बनेको हो । नेपाली पहिरनमा सजिएर विभिन्न झाँकीका साथ प्रस्तुत भएको नेपाली टोलीमा अष्ट्रेलियाका एनआरएन प्रतिनिधि, कलाकार, बुद्धिजीवी, पत्रकार लगायत सहभागी थिए । टोलीको नेतृत्व उषा पोखरेल बारियाले गरेकी थिइन भने कलाकारहरु राजेश केसी, सन्तोकी केसी, समिर आचार्य, अनामिका प्रधान, कर्षा अधिकारी लगायत सहभागी थिए । मुख्यतः भारतीयहरु सहभागी हुने यस परेडमा दक्षिण एशियाका अन्य समूदायका व्यक्तिहरु पनि सहभागी हुन थालेका छन् । यहाँ रहेका समूदायका सदस्यहरुबीच एकता र आफ्नो कला, संस्कृति, खाना प्रबद्र्धनमा यस्तो कार्यक्रमले सहयोग पुग्ने एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले बताउनुभयो । यस पटक हामी जति सहभागी भयौं अर्को वर्ष पूर्वतयारीका साथ अझ बढी सहभागी हुने योजना बनाएका छौं । यस पटक नेपालको उपस्थितिको सराहना गरिएकोमा निकै खुशी लागेको छ, ओलीको प्रतिक्रिया छ । आज आइतबार पनि पारामशालाको प्रदर्शनी अहिले चलिरहेको छ । जहाँ नेपाली कलाकारहरुले पनि आफ्नो प्रस्तुति देखाउनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?