पूर्णता पायो मानव अधिकार आयोगले, सपथ र पदबहाली
राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले आयोगका नवनियुक्त अध्यक्ष अनुपराज शर्मालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको थियो । आयोगको अध्यक्ष पदमा शपथ लिएपछि उक्त कार्यक्रम स्थलमै अध्यक्ष शर्माले आयोगका सदस्य प्रकाशचन्द्र वस्ती, मोहना अन्सारी, गोविन्द शर्मा र सुदीप पाठकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री सुशील कोइराला, मन्त्री नरहरि आचार्य, मुख्य सचिव लीलामणि पौडेल, प्रधानसेनापति गौरवशमशेर जबरा, संवैधानिक निकाय र नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीकोे उपस्थिति रहेको थियो ।