सहमति नभए प्रक्रियाको संविधान मान्ने : महासचिव महरा
एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले राजनीतिक दलहरूबीचको सहमतिकै आधारमा संबिधान निर्माण गर्नुपर्ने तर सहमति नभएको खण्डमा प्रक्रियाको आधारमा आउने संविधान मान्न आफूहरू तयार रहेको बताउनुभएको छ । उहाँले संविधान सहमतिको दस्तावेज भएकाले सहमतिमा संविधान तयार गर्नु देशहितका लागि उचित हुने धारणा राख्नु भयो । नेता महराले अहिले दलहरूबीच संविधान सहमतिबाट बनाउने वा नबनाउने विषयमा मुख्य छलफल केन्द्रित रहेको उल्लेख गर्नु भयो ।