मालेको नेपाल जागरण आन्दोलन, महँगी नियन्त्रण गर्न सरकारसँग माग


cpनेकपा (माले) ले बढ्दो महङ्गी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नुपर्ने माग गरेको छ । सो पार्टीद्वारा काठमाडौंमा आयोजित ‘नेपाल जागरण आन्दोलन’ घोषणासभालाई सम्बोधन गर्दै महासचिव सिपी मैनालीले निर्धारित समयमा अग्रगामी लोकतान्त्रिक संविधान निर्माण गर्न आफ्नो पार्टीले जागरण आन्दोलनको आयोजना गरेको बताउनुभयो । उहाँले मुलुकको आवश्यकताको आधारमा राज्य पुनःसंरचना गर्नुपर्ने भन्दै जातीय पहिचानका लागि आयोग गठन गर्नुपर्नेमा जोड दिनुभयो । जातीय–क्षेत्रीय प्रश्नलाई संविधानसभाबाट सम्बोधन गर्नुपर्ने र समावेशी प्रदेश निर्माण गर्नुपर्ने उहाँको धारणा थियो । संविधानका विवादित विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाएर निर्धारित समयमै संविधान जारी गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने महासचिव मैनालीको भनाइ छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?