नेपाल युगाण्डासँग पराजित, २०३ रनको लक्ष्य पछ्याउन सकेन नेपालले


paras1मलेसियामा सुरु भएको आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको सुरुवाती खेलमा नेपाल आज युगान्डासँग २० रनले पराजित भएको छ । मलेसियाको किन्रारा ओभल मैदानमा भएको खेलमा युगान्डाले दिएको २०४ रनको लक्ष्य पच्छाएको नेपालले ४८ दशमलव ५ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदा १८३ रनमा समेटियो । टस हारेर पहिलो व्यटिङको निम्तो पाएको युगान्डाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीसँगै २०३ रन जोडेको थियो । फितलो ब्याटिङ् प्रदर्शन गरेको नेपालमाथि युगान्डाका बलर हावी भएका थिए । युगान्डाको जितमा मुकेबले सर्वाधिक ८४ र मास्बाले ५१ रन जोडेका थिए । त्यस्तै बलिङतर्फ युगाण्डाका अरिन्टावेले सर्वाधिक चार विकेट लिए भने आजी मुकासाले तीन विकेट लिएका थिए । नेपालका लागि नरेश बुढाऐरले ६२ रनको योगदान दिए भने कप्तान पारस खड्का र उप–कप्तान ज्ञानेन्द्र मल्लले समान १४ रनको योगदान दिए । त्यस्तै बसन्त रेग्मीले १०, विनोद भण्डारी र मेहबुब आलमले समान ४ रन जोडे । सुवास खकुरेल, सागर पुन र शरद भेषवाकरले समान २२ रन बनाउँदै पेभिलियन फर्केका थिए । बलिङतर्फ नेपालका लागि कप्तान पारस खड्काले तीन, सोमपाल कामी र वसन्त रेग्मीले समान दुई÷दुई र सागर पुनले एक विकेट हात पारे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?