मन्त्रालयहरूको लेटरप्याडमा अब नेपाल संवत् अङ्कित गर्न प्रधानमन्त्रीको निर्देशन


??????????????????????????????????प्रधानमन्त्री सुशील कोइरालाले संविधानलाई लिएर आन्दोलन, हडताल र तोडफोडमा नउत्रन सबैसँग आग्रह गर्नुभएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३५ द्वारा नयाँ वर्षको उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सबैको भाषा, संस्कृति र धर्मलाई सुरक्षित राख्ने समावेशी र सङ्घीयतासहितको लोकतान्त्रिक संविधान जारी हुने विश्वास दिलाउनुभयो । संविधान जारी हुनेमा अब पनि शङ्का र सशंय नगर्न सुझाव दिँदै उहाँले भन्नुभयो, “दलहरूबीच वार्ता चलिरहेको छ, सहमतिका लागि पूरा कोसिस भइरहेको छ, सङ्घीयतामा जाँदा कति प्रदेश राख्ने तथा शासन व्यवस्था कस्तो हुने भन्नेमा झगडा गर्नुको कुनै अर्थ रहन्न, शक्ति पृथकीकरणको सिद्धान्त अपनाएपछि त्यसले कसैलाई पनि तानाशाही बनाउन दिँदैन ।” मुलुकका लागि अहिले सबैभन्दा ठूलो खाँचो भनेको शान्ति, स्थायित्व र विकास हो भन्दै प्रधानमन्त्री कोइरालाले संवत्का प्रवर्तक शङ्खधर साख्वाःले देखाउनुभएको शान्ति र लोकतन्त्रको बाटोमा हिँड्न सबैलाई सुझाव दिनुभयो । नेपाल संवत्को प्रचारप्रसार गर्ने तथा शङ्खधरको नाममा प्रतिष्ठान खोल्ने काममा सहयोग पु¥याउन सरकार गम्भीर रहेको बताउँदै उहाँले भन्नुभयो– “मन्त्रालयहरूको लेटरप्याडमा अब नेपाल संवत् अङ्कित हुनुपर्छ ।” सहमति र सम्झौता गर्ने सन्दर्भमा आफूले कुनै पनि नेपालीको शीर निहु¥याउने काम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा अपार प्रकृतिको देन रहेपनि शान्ति र लोकतन्त्र दिन नसक्दा देशका ऊर्जावान् जनशक्ति खाडीको गर्मीमा श्रम बेच्न बाध्य रहेको गुनासो गर्नुभयो । आयोजक संस्था नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३५ का अध्यक्ष प्रा.डा. त्रिरत्न मानन्धरले शङ्खधर साख्वाःले राष्ट्रिय भावनाबाट ओतप्रोत भई स्थापना गर्नुभएको नेपाल संवत् नेपालकै सम्पत्ति भएकाले यसलाई व्यवहारमै लागू गर्न सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो– “नेपाल संवत्को जर्गेना गर्नुपर्ने दायित्व हामी सम्पूर्ण नेपाली जनताको काँधमा आएको छ ।” समारोहमा आयोजक संस्थाका सल्लाहकार लक्ष्मीदास मानन्धर र व्यवस्थापन समिति सदस्यद्वय राजेश शाक्य तथा सुजीब बज्राचार्यले नयाँ बन्ने संविधानमा नेपाल सम्वत्बारे उल्लेख हुनुपर्ने, नेपालको मुद्रामा तथा नोटमा शङ्खधरको तस्बिर अङ्कित हुनुपर्ने, विद्यालय तथा क्याम्पसस्तरमा शङ्खधर र नेपाल सम्वत्को विषयमा पठनपाठन गराउनुपर्ने तथा उहाँको पूर्णकदको सालिक र प्रतिष्ठान स्थापना गर्नुपर्ने माग गर्नुभयो । यसअघि नेपाल संवत्का उपलक्ष्यमा नेवारी समुदायका विभिन्न सङ्घसंस्थाद्वारा निकालिएको ¥याली वसन्तपुरबाट सुरु भई जैसिदेवल, लगन, ह्युमत, भीमसेनस्थान, मरु, प्याफल, नरदेवी, बाङ्गेमुढा, अशन, इन्द्रचोक हँुदै वसन्तपुरमै पुगेर सभामा परिणत भएको थियो । परम्परागत नेवारी बाजागाजासहितको उक्त सास्कृतिक ¥यालीमा सहभागीले नेपाली तथा नेवारी लोकसंस्कृति झल्काउने भेषभूषा पहिरिएका थिए । सोही उपलक्ष्यमा आजै बिहान वसन्तपुरबाट साइकल ¥याली पनि निकालिएको थियो । समारोहमा प्रधानमन्त्री कोइरालाले नेपाल सम्वत्का प्रवर्तक शङ्खधरको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो भने आयोजक संस्थाका तर्फबाट प्रधानमन्त्रीलाई नेपाल सम्वत्को ११३५ को नयाँ पात्रो र सिडी उपहार दिइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?