हिन्दू राष्ट्र कायम गराउन राप्रपा नेपालको हस्ताक्षर अभियान


rpp nepalराप्रपा नेपालले संविधानमा हिन्दू राष्ट्र, सङ्घीयतालगायतका विषयमा जनमत सङ्ग्रहको माग गर्दै देशभर हस्ताक्षर अभियान सञ्चालन गरेको छ । पार्टीका अध्यक्ष कमल थापाले आज पशुपतिनाथ परिसरमा हस्ताक्षर अभियान शुभारम्भ गर्दै ८० प्रतिशत हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्मनिरपेक्ष कायम हुन नसक्ने र संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनुभयो । अभियान १५ दिनसम्म चल्ने पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो । यसैबीच सो पार्टीले गोबद्र्धनपूजाको अवसरमा सामूहिक गाईपूजा गरेको छ । सो अभियानअन्तर्गत हिन्दू राष्ट्र माग गर्दै देशभर गाईपूजा गरिएको पनि बर्तौलाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?