एसियाली पूर्वाधार लगानी बैंकको संस्थापक सदस्य बन्यो नेपाल, स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर


mahatनेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को संस्थापक सदस्य भएको छ । चीनका राष्ट्रपति सी जिनपिङको अग्रसरतामा एसियाली मुलुकहरूको पूर्वाधारको अभाव पूरा गर्न स्थापना गरिएको उक्त बैंक स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक स्थापना एवम् सञ्चालनसम्बन्धी समझदारी पत्रमा चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा हस्ताक्षर भयो । समझदारी पत्रमा नेपालको तर्फबाट अर्थमन्त्री डा रामशरण महतले हस्ताक्षर गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ । चीनका राष्ट्रपति सीको उपस्थितिमा नेपाल, भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, काजकिस्तान, कुवेत, सिङ्गापुर, मलेसिया, भियतनाम, उज्वेकिस्तान, भुटान, मङ्गोलिया, म्यानमा, ओमन, कतार, फिलिपिन्स, जनगणतन्त्र लाओका अर्थमन्त्रीले हस्ताक्षर गर्नुभएको हो । सो बैंक आगामी सन् २०१५ भित्रै सञ्चालनमा ल्याउन नेपाललगायत एसियाका २२ मुलुक सहमत भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?