आइतबार बस्ने तीन दलको बैठकले सहमति गर्ने प्रधानमन्त्रीको विश्वास, कोइराला भेट पुगे डा. बाबुराम


bauramप्रधानमन्त्री सुशील कोइराला र संवैधानिक –राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भयो । संविधानका अन्तरवस्तुमा रहेका विवादमा सहमति निर्माणको गृहकार्यस्वरुप सभापति भट्टराईले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री कोइरालासँगको भेटवार्तामा समिति सभापति भट्टराईले सहमति निर्माणका लागि आग्रह गर्दै त्यसमा ‘प्रधानमन्त्रीको प्रभावकारी भूमिकाको अपेक्षा आफूले गरेको’ भट्टराईलाई उद्धृत गर्दै उहाँका स्वकीय सचिव विश्वद्वीप पाण्डेले राससलाई बताउनुभयो । पहिलो चरणमा प्रमुख तीन दलबीच गोकर्णमा भएको बैठकबारे पनि सभापति भट्टराईले जानकारी गराउनुभएको थियो । भेटका क्रममा सभापति भट्टराईले आइतबारदेखि हुन लागेको दोस्रो चरणको बैठकमा सहमति हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री कोइरालाले चा“डो सहमति गरेर संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यसका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने उहा“को भनाइ रहेको सभापति भट्टराईले बताउनुभएको सचिव पाण्डेले जानकारी दिनुभयोे । सभापति भट्टराईले सहमति निर्माणका लागि गृहकार्यस्वरुप शुक्रबार एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालस“ग छुट्टाछुट्टै भेटघाट गर्नुभएको थियो । यसैबीच, स्वकीय सचिव पाण्डेका अनुसार सभापति भट्टराईले आइतबार प्रमुख तीन दलको बैठकअघि पनि गृहकार्यलाई निरन्तरता दिनुहुने छ । आइतबार बिहान संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको संयोजनमा तीन दलका शीर्ष नेताको उपस्थितिमा दलका बीचमा रहेको विवादका विषय ‘न्यायप्रणाली’माथि छलफलका लागि प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरुस“ग भेटवार्ताको कार्यक्रम तय भएको छ । साथै, निर्वाचन प्रणालीबारे प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरुस“ग पनि आइतबार बिहान छलफल हुने भएको छ । सिंहदरबारमा हुने यी छलफलपछि आइतबार अपराह्न प्रमुख तीन दलका शीर्ष नेताहरुबीच पहिले छुट्टाछुट्टै र सोमबार सामूहिक रुपमा बैठक बस्नेछ । संवाद समितिकै संयोजनमा प्रमुख दलबीच बैठक हुन लागेको हो । संवाद समितिलाई सहमति कायम गर्ने समयावधि कात्तिक १५ गतेसम्मका लागि तोकिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?