फेरि दुर्घटना, ओखलढुंगामा जीप सडकबाट २ सय मिटर तल खस्दा ९ जनाको मृत्यु, १६ जना घाइते
ओखलढुङ्गो सिद्धिचरण नगरपालिका–११ अधेरी नारायणस्थानमा आज जिप दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । यस घटनामा अन्य १६ जना घाइते भएका छन् । जिप ठूलाछापको निशंखेबाट सदरमुकामतर्फ आइरहेको थियो । जिप सडकबाट दुईसय मिटर तल खसेको छ । बा५च ५८७५ नम्बरको जिपमा २५ जना यात्रु सवार थिए । दुर्घटनामा परी मृत्यु हुनेहरूमा ठूलाछाप–७ का मणिराम भट्टराई, ठूलाछाप–८ का तेजबहादुर बस्नेत, रामप्यारी बस्नेत, दोहिनी भट्टराई, ठूलाछाप–५ का सरिता खड्का, टीका बस्नेत, चोलेन्द्र खत्री, प्राप्चा–७ का अप्सरा दाहाल र वाक्सा–९ का मनकुमार राई रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचार मिसन सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । र