सीमा विवादबारे चिनियाँ रक्षा अधिकारी र जपानी अधिकारीहरुबीच वार्ता हुँदै
चिनियाँ रक्षा अधिकारीहरुले यसैहप्ता जापानी अधिकारीहरुसँग दुई देशबीचको सीमा विवादका बारेमा भेटवार्ता गर्ने भएका छन् । हालैका दिनमा यी दुई देशका बीचको सीमा सम्बन्धी विवाद बढ्दै गएपछि यो वार्ताको आयोजना गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यसै हप्ता चीनको बेइजिङमा सो भेटवार्ता हुने भएको हो । आगामी बुधबार जापानी रक्षा अधिकारीले चिनियाँ अधिकारीसँग सो भेटवार्ता गर्न लागेका हुन् । जापानको हवाई तथा सामुद्रिक सुरक्षासम्बन्धी अधिकारीले चिनियाँ रक्षा अधिकारीसँग भेट गर्न लागेका बताइएको छ । उता जापान सरकारले नै वार्ताका लागि चिनियाँ प्रधानमन्त्रीलाई आह्वान गरेका छन् । जापान र चीनको सीमा क्षेत्रमा रहेका भनिएका दुई टापू सेन्कु र दियाइसुका कारण यी दुई देशबीच विवाद उत्पन्न हुदै आएको छ । जापानी एक संस्था सासाकावाको आयोजनामा सो वार्ता हुन लगेको हो । सो वार्ता आगामी बुधबार र बिहीबार हुने भएको छ । त्यसैगरी अर्काे महिना जापानमा पनि यी दुई देशका बीचमा अर्काे उच्चस्तरीय वार्ता पनि हुदैछ । हामीले सो बैठकको आयोजना गरेका छौं र यसका कारण दुई देशका बीचमा जारी रहेको लामो समयको सम्वादहिनताको अवस्थाको निराकरण हुने अपेक्षा पनि गरेका छौँ– सो फाउण्डेसनका अधिकारीले बताएका छन् । ती दुई टापू आ–आफ्नो भनी दाबी गरेका कारण जापान र चीनका बीचमा विवाद बढ्दै गएको छ । सो विवादको निराकरणका लागि यसअघि पनि पटकपटक भएका प्रयासहरु असफल भएका छन् । यही समस्याका कारण जापान र चीनका बीचमा विगत लामो समयदेखि विवाद जारी रहेको छ । सो विवादको समाधान स्वरुप यो वार्ताको आह्वान गरेको उक्त फाउण्डेसनले दाबी गरेको छ ।