छठ पर्वको रौनक, छठपर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यको पूजा गरियो


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????कात्तिक शुक्ल चतुर्थी तिथिबाट व्रतालुले विधिवत्रुपमा चोखो भएर सुरु गरेको छठपर्वको तेस्रो दिन षष्ठी तिथिमा आज अस्ताउँदै गरेको सूर्यको अघ्र्य अर्पण गरिएको जलाशयका किनारमा पूजाका सामग्री राखेर छठपर्व मनाइने भएकाले मोरङलगायत पूर्वाञ्चल क्षेत्रका खासगरी तराईका जिल्लामा छठ मनाइने जलाशय क्षेत्रलाई पूर्णरुपमा सफासुग्घर गर्नुका साथै बेहुलीझैँ शृङ्गारिएको सोही क्रममा मोरङको सिग्याही खोला अन्य पोखरीका साथै सुनसरी मोरङ जिल्लामा कोसी नहरको डिललाई पनि व्यापक रुपमा सजाइएको देखिन्छ बिहानैदेखि पूजास्थलमा पूजाका सामग्री राख्ने क्रम थियो व्रतालुले कम्मरसम्म पुग्ने जलाशयमा प्रवेश गरेर सूर्यको आराधना गरी पूजाका लागि ल्याइएका प्रसादसहित अघ्र्य अर्पण गरेका छन् यस अवसरमा अन्य महिलाले छठपर्वका गीतहरू गाउँदै मङ्गलको कामना गरेका थिए अस्ताउँदै गरेको सूर्यलाई अर्पण गरेपछि रातभर जाग्राममा बस्न नसक्नेहरू साँझको समयमा घर फर्कने गर्छन् एकाबिहानै करिब बजे उठेर पुनः सोही प्रसाद लिएर पूजास्थलमा पुगी उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेपछि चार दिनदेखि सुरु भएको छठपर्व सम्पन्न हुन्छ खासगरी मुलुकमा मैथिल, भोजपुरी, थारुलगायतका समुदायमा मात्र सीमित रहेको छठपर्व विगत दुई दशकदेखि क्रमिक रुपमा नेपाली भाषाभाषी, बङ्गाली मारवाडी, राजवंशीलगायतका परिवारले मनाउन थालेका छन्

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?