नेपालको विकासबिना भारतको विकास असम्भव–राजदूत राय


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????भारतीय राजदूत रणजित रायले नेपालको विकासबिना भारतको विकास असम्भव भएकाले विकासका लागि भारत सरकार सहयोग गर्न हरदम तयार रहेको बताउनुभएको छ । भारतीय सीमा क्षेत्रस्थित सर्लाहीको बलराबाट गडहिया गाविससम्मको सडक कालोपत्रेको आज साँझ शुभारम्भ गर्दै राजदूत रायले नेपाल र भारतबीच छिमेकी मात्र नभई धार्मिक, सांस्कृतिकसहित समग्ररुपमा सम्बन्ध रहेकाले समुन्नत नेपालका लागि भारतले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । भारतीय सरकारको रु चार करोड ८० लाखभन्दा बढीको सहयोगमा बलरादेखि गडहियासम्मको करिब पाँच किलोमिटर सडक कालोपत्रे शुभारम्भ भएको हो । राजदूत रायले भारतीय सरकारकै सहयोगमा छतौना गाविसस्थित सुधा राजेश्वर उमावि छतौनाको भवनको शिलान्यास गर्नुभयो भने सम्पन्न भइसकेको पाँच गाविसको ग्रामीण विद्युतीकरणको समेत उद्घाटन गर्नुभयो । कार्यक्रममा सर्लाहीको ६ नं क्षेत्रका सभासद् डा अमरेशकुमार सिंह, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंलगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?