कृषि दशक घोषणा गर्ने तयारीमा सरकार, एक अर्ब बढी बजेट छ्टयाइयो


governmentसरकारले चालु एक दशकलाई ‘कृषि दशक’ घोषणा गर्ने योजना गरिरहेको छ  । कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले नेपालको कृषि बजेटमा गत वर्षको तुलनामा रु एक अर्ब बजेट बढी छुट्टयाइएको जानकारी दिँदै कृषि क्रान्ति सफल पार्न यसमा आधुनिकीकरण गर्नुपर्ने औँल्याउनुभयो । कृषि क्रान्तिको आधार तयार भइसकेको बताउँदै उहाँले भन्नुभयो, “विदेशबाट अझै वार्षिक रु एक खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्था न्यूनीकरण गर्न यस वर्ष एक हजार १०० युवालाई कृषि प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।” यस वर्ष धानको समर्थन मूल्य रु दुई हजार २८८ निर्धारण गरिएको छ । आगामी पाँच वर्षभित्र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन कम्तीमा पाँच गाई र पाँच भैँसी पाल्ने कृषकलाई अनुदान दिने योजना भइरहेको छ  ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?