सार्क शिखर सम्मेलनले यस क्षेत्रको सामाजिक र आर्थिक अभिबृद्धि हुने मन्त्री रिजालको विश्वास


????????????????????????????????????????दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) मा क्रियाशील रहेको मेडिया फोरमका साथमा दक्षिण एसियाली समाचार समिति फोरम गठनको अवधारणा अगाडि आएको छ । सार्क मेडिया फोरमको काठमाडौंमा सुरु भएको दुईदिने सम्मेलनमा सहभागीबीचमा छलफलका लागि सो अवधारणा अगाडि ल्याइएको हो । सार्क सदस्य राष्ट्रबीचमा समाचार, सूचना र तस्बिरको स्वतन्त्र प्रवाह गर्न, यस क्षेत्रका समाचार समितिहरूका मानवीय तथा प्राविधिक पक्षमा थप विकास गर्न सो अवधारणा ल्याइएको हो । सम्मेलनमा आठवटै देशका सरकारी तथा निजी क्षेत्रमा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको छ । सार्क सूचना केन्द्रद्वारा आयोजित सो सम्मेलनमा सूचना तथा सञ्चारका विविध आयाममा छलफल हुनेछ । साथै सम्मेलनले काठमाडाँै घोषणापत्रसमेत जारी गर्नेछ । सन् २००५ मा सार्क सूचना केन्द्र स्थापना भएको थियो । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले सम्मेलनको शुभारम्भ गर्दै नेपालमा आसन्न १८ आँै सार्क शिखर सम्मेलनले यस क्षेत्रको सामाजिक र आर्थिक उन्नयन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सदस्य देशहरूबीच शिखर सम्मेलनले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउँदै नयाँ आयामसमेत थप्ने विश्वास बताउनुभयो । सूचना तथा सञ्चारमन्त्री रिजालले भन्नुभयो – “दिगो प्रजातान्त्रिक विकासका लागि स्वतन्त्र प्रेस आवश्यक पर्छ, स्वतन्त्र प्रेसले नै प्रजातन्त्र सुदृढ अनि दिगो आर्थिक समृद्धि ल्याउँछ ।” आर्थिक एवम् सामाजिक क्षेत्रमा विश्वमा आएको परिवर्तनको प्रभाव सार्क क्षेत्रमा परेको र यही असरका कारण सार्क सदस्यबीचको आपसी सम्बन्धलाई थप नयाँ उचाइ दिनसमेत मद्दत पुगेको उहाँले बताउनुभयो । मन्त्री रिजालले सार्क क्षेत्रका जनताको जीवनस्तर माथि उठाउन सञ्चारजगत्को भूमिका अहम् भएको पनि बताउनुभयो । सार्कका महासचिव अर्जुनबहादुर थापाले सार्क सदस्य राष्ट्रबीचमा समाचार र सूचनाको स्वतन्त्र प्रवाह गर्न नै दक्षिण एसियाली समाचार समिति फोरमको अवधारणा आएको हो भन्नुभयो । उहाँले सम्मेलन यस क्षेत्रको सञ्चारजगत्को विकासका लागि कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । सूचना विभागका महानिर्देशक एवम् सार्क सूचना केन्द्रका निर्देशक लक्ष्मी विलास कोइरालाले आसन्न सार्क सम्मेलनको सन्दर्भमा आयोजित मेडिया फोरम सम्मेलनले यस क्षेत्रको सूचना तथा सञ्चारको विकासमा योगदान पु¥याउने छ भन्नुभयो । आमसञ्चारका प्राध्यापक रामकृष्ण रेग्मीले सार्क क्षेत्रका जनताको आर्थिक एवम् सामाजिक विकासका लागि सञ्चारजगत्ले नै ढोका खुलाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?