दश– एघार प्रदेशको प्रस्तावको सेरोफेरोमा सहमति गर्न सकिन्छः दाहाल
एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौता र बाह्रबुँदे सम्झौताको क्षेत्रभित्र रहेर संविधान बनाउनुपर्नेमा अङ्कगणितकै भरमा मात्र संविधान लेख्ने प्रयास गर्नु गम्भीर गल्ती भएको बताउनुभएको छ । सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित पत्रकार भेटघाटमा उहाँले दाहालले काँग्रेस एमालेले ल्याएको सात प्रदेशको प्रस्तावमा गणतन्त्र सङ्घीयतालगायत भाव नभएको जिकिर गर्नुभयो । राज्य पुनःसंरचनामा पहिला एक हिसाबबाट सहमतिको नजिक पुगेको १० वा ११ प्रदेशको प्रस्तावको सेरोफेरोमा सहमति गर्न उपयुक्त हुने बताउँदै उहाँले एकल र बहुपहिचान भन्ने सवाल ठूलो कुरा होइन भन्नुभयो । संवाद समितिले सहमतिको प्रयास जारी राखेको बताउँदै उहाँले माघ ८ मै संविधान पाउने आस भने मरि सकेको छैन भन्नुभयो । पत्रकार सम्मेलनमा मधेसी जनाधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले ‘एक मधेस एक प्रदेश’का पक्षमा आफूहरू नरहेको बताउँदै मधेसका भूभागलाई पहाडसँगै मिसाएर प्रदेश विभाजन गर्दा आफूहरूलाई आपत्ति नहुने स्पष्ट गर्नुभयो ।