गणेश थापाको सभाषद् पद खोस्न माग


ganesh thapaभ्रष्टाचारको अभियोगमा व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समिति(सालेस) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा रहनुभएका गणेश थापालाई सभासद्लगायत सम्पूर्ण जिम्मेवारीबाट फिर्ता बोलाउन सो पार्टीका भ्रातृ सङ्गठनले माग गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक मजदुर सङ्घका अध्यक्ष रमा थापा, राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका सभापति सगुनसुन्दर लावती, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका सभापति किशोर गुरुङ र राष्ट्रिय युवा मोर्चाका सभापति बालकुमार राईले आज जारी गरेको विज्ञप्तिमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई सभासद् बनाउनुहुन्न भन्ने देशभरका निष्ठावान नेता र कार्यकर्ताको सदीक्षालाई अध्यक्ष कमल थापाले तिलाञ्जलि दिएर मन्त्रिपरिषद्को सिफारिसमा मनोनयन हुने २६ सभासद्मा आफ्ना सहोदर भाइ गणेशको नाम सिफारिस गरिएको उल्लेख छ । विज्ञप्तिमा सालेसले सभासद् थापालाई आवश्यक कारबाहीको निर्देशन दिनु र फिफाले चारमहिने प्रतिबन्ध लगाउनु कार्यकर्ताको सही सुझाव नसुन्ने साँघुरो नियतिको परिणाम भएको जिकिर गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?