लेन्सका कारण आँखाको खतरा बढेको डा. रुईतको ठम्याई, आँखा दान गर्न सबैलाई अह्वान
आँखालाई आकर्षक र सुन्दर बनाउन आजभोलि मानिस विभिन्न रङ्गका लेन्सको प्रयोग गर्न थालेका छन् । चिकित्सकको सल्लाह र प्रत्यक्ष निगरानीबिना जथाभावी रूपमा लगाइने लेन्सले आँखाको ज्योति नै गुम्ने खतरा रहेको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत बताउनुहुन्छ । यहाँ आयोजित कार्यक्रममा उहाँले चस्माको सट्टामा आजभोलि लेन्सको प्रयोग गर्नेक्रम बढेको र चस्मा लगाउनै नपर्ने आँखामा समेत सुन्दरताका लागिमात्र लेन्स लगाउने गरेको बताउनुभयो । विभिन्न रङ्गका लेन्सको निरन्तर प्रयोगले आँखामा इन्फेक्सन हुने, रातो हुने, चिलाउने र पछि आँखामा गम्भीर समस्या हुने भएकाले लेन्सको निरन्तर प्रयोग नगर्नसमेत उहाँले सल्लाह दिनुभयो । तिलगङ्गा आँखा केन्द्रले गर्दै आइरहेको कार्यबारे जानकारी दिँदै डा रुइतले केन्द्रले नेपालका ७० जिल्लामा आँखा जाँच र उपचार सेवा पु¥याएको बताउनुभयो । केन्द्रमा रहेको ‘आँखा बैंक’मा हालसम्म ६०० भन्दा बढी ‘क्रोनिया’ सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो । नेपालमा मानिसको मृत्यु भएको आठ घन्टाभित्र आँखाको क्रोनिया निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । भिन्न सांस्कृतिक तथा धार्मिक संस्कार भएका व्यक्तिलाई आँखा दानका लागि पे्ररित गर्न निकै सकस भएको बताउँदै उहाँले यसका लागि केन्द्रले विभिन्न अस्पतालमा परामर्शदाता, घाटे वैद्य, चिकित्सकसँग सहकार्य गरेको उल्लेख गर्नुभयो ।