चलचित्र झोलाको सिड्नीमा प्रदर्शन, सोमबारसम्म जारी रहने, ऐतिहासिक चलचित्रलाई हेर्न पुग्ने दर्शकका आँखा रसाए
साहित्यकार कृष्ण धारावासीको चर्चित उपन्यास झोलामा आधारित चलचित्र झोलाको प्रदर्शनी सिड्नीको हर्सभिलस्थित ईभेन्ट सिनेमामा गरिएको छ । साँझ ६ बजेदेखि चलचित्र प्रदर्शन राखिएको आयोजक संस्थाले जनाएको छ । हर्सभिलस्थित ईभेन्ट सिनेमामा हिजो शनिबारदेखि सुरु भएको प्रदर्शनी भोलि सोमबारसम्म जारी रहनेछ । नेपालमा सतिप्रथाको उन्मूलन भइसके पनि यसका अवशेषका रुपमा महिलालाई विभिन्नखाले प्रताडना दिने गरिएको छ । कस्तो थियो त महिलाविरुद्धको सबैभन्दा क्रुर हिंसा जहाँ आफ्नै छोराले बाबुको मृत्युपछि आमालाई समेत चितामा राखेर जलाउने गर्दथ्यो ? यसैको सेरोफेरोमा चलचित्र बनेको छ । शनिबार भएको प्रदर्शनीमा उल्लेख्या मात्रामा दर्शक उपस्थित थिए । चलचित्र हेर्न आइपुगेका सबैको आँखा रसाएका देखिन्थे । महिलाहरु त अझ बढी भावुक बनेका थिए । महिलाविरुद्धको हिंसाको चरम रुप सतिप्रथाबाट भागेकी एक चेलीको कथालाई कलात्मक ढंगले निर्देशक यादव भट्टराईले प्रस्तुत गरेका छन् । प्रदर्शक भूपाल सिटौला पहिलो दिनको दर्शक उपस्थितिबाट उत्साहित बनेका छन् । ऐतिहासिक चलचित्र दर्शकहरुमाझ ल्याउन पाउँदा आपूmलाई खुशी लागेको उनले बताए । चलचित्र झोला ओस्कार एवार्डमा समेत छानिएको छ ।