ईराकमा थप १५ सय अमेरिकी सैनिक पठाउने ओबामा योजना, ईस्लामिक स्टेटविरुद्ध हवाई आक्रमण कायमै रहने


us armyअमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्ध जारी युद्धमा इराक सैनिकको सहयोगको लागि थप एक हजार ५०० अमेरिकी सैनिकलाई इराक पठाउने खुलासा गर्नु भएको छ । सिरिया र इराकमा भिषण हिसां र हत्या मच्चाउँदै आएका आइएस विरुद्धको लडाईमा गत तीन महिना अघिदेखिनै अमेरिकाले हवाई आक्रमण सुरु गर्दै आएको छ । इराक पठाइने भनिएको थप एक हजार ५०० सैनिकमा करिब ६०० सैनिकले इराकी सैनिकलाई आइएस विरुद्धको कारबाही योजनामा सरसल्लाह दिने र अन्य ९०० भने आइएस लडाकू विरु्द्धको लडाईमा लड्ने जनाइएको छ । आइएस विरुद्धको लडाईको लागि हाल इराकमा एक हजार ४०० अमेरिकी सैनिक रहेका छन् । ती मध्ये बग्दाद र आर्बिलमा ६०० आइएस विरुद्धको कारबाहीमा इराकी सैनिकको सल्लाकारको रुप रहेका छन् । त्यसैगरी अन्य ८०० अमेरिकी सैनिक बग्दादस्थित अमेरिकी राजदूतावास, बग्दाद विमानस्थलमा सुरक्षाको लागि खटिएका छन् । राष्ट्रिपति ओबामाले इराकमा आइएस विरुद्धको लडाईलाई सशक्त बनाउनको लागि अमेरिकी सैनिकलाई दोब्बर बनाउन लागिएको बताउनु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?