भारतमा मन्त्रिमण्डल पुनर्गठन हुँदै, प्रतिरक्षामन्त्रीमा मनोहर पार्रीकरलाई ल्याउने तयारी


modiभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो मन्त्रिपरिषद्मा पहिलो प्रमुख हेरफेर गर्ने अनुमान गरिएको छ । उहाँ मे महिनामा अकस्मात् शासनमा पुग्नुभएको हो र उहाँले प्रतिरक्षाको प्रमुख पद नयाँ मन्त्रीलाई दिनुहुने अनुमान गरिएको छ । प्रधानमन्त्री मोदीको दक्षिणपन्थी भारतीय जनता पार्टीका सौम्य चरित्र भएका क्षेत्रीय नेता मनोहर पार्रीकरलाई प्रतिरक्षामन्त्रीको पद दिइने अनुमान गरिएको छ । शनिबार तटीय पर्यटकीय राज्य गोवाको मुख्यमन्त्री पदबाट उहाँले राजिानमा दिनुभएको छ । हाल अरुण जेटलीले अर्थमन्त्रालय तथा प्रतिरक्षा मन्त्रालय दुबैको कार्यभार सम्हाल्नुभएको छ । यसै पनि उहाँले स्वास्थ्य समस्या भोग्नुभएको छ । सरकारी एक स्रोतले एएफपीलाई पार्रीकरले उक्त प्रस्तावलाई स्वीकार गर्नुभएको जानकारी दिए । अर्को दिनमात्र उहाँलाई दिइने मन्त्रालयको बारेमा घोषणा हुने बताइएको छ । विश्लेषकहरूले मन्त्रिपरिपरिषद्मा परिवर्तनले हाल बहुकार्यभार सम्हाल्नुभएका मन्त्रीलाई केही राहत दिने बताएका छन् । दिल्लीस्थित विवेकानन्द इन्टरनेसनल फाउन्डेसनका वरिष्ठ विश्लेषक के.जी. सुरेशले जेटलीलाई दुई प्रमुख पदभार दिइएको र ती दुबै पदमा पूर्णकालीन् मन्त्री आवश्यक भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री मोदीले थोरै मन्त्री राखेर काम गर्ने बिचारमा अनुभव गर्नुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री मोदीले हाल आफ्ना मन्त्रीहरू कामको बोझबाट थकित भएको र उनीहरू आफ्नो काममा न्याय गर्न सफल नहुने अनुभव गर्नुभएको देखिएको बताउनुभयो । उहाँले भारतको हालै पाकिस्तान तथा चीनसँग सीमा समस्याका कारण पूर्णकालीन प्रतिरक्षामन्त्री आवश्यक भएको देखिएको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?