ऐतिहासिक चलचित्र सेतो बाघको सिड्नी प्रदर्शनीका लागि निर्देशक नीर शाह सिड्नी आउँदै


setobaghमेलबर्नमा प्रिमियर गरिएको नीर शाहको चलचित्र सेतो बाघको सिड्नी शो आगामी शनिबार १५ नोभेम्बरमा हुने भएको छ। यसका निम्ति नीर शाह मेलबर्नबाट १२ तारिख नै सिड्नी आउँदै हुनुहुन्छ। मेलबर्नमा रहनुभएका निर्देशक शाहले फोनमा भन्नुभयो, १२ तारिख आउँदैछु, सबैको सक्रिय सहभागिताको अपेक्षा गरेको छु। सिड्नी आए लगत्तै बिहीबार पत्रकार सम्मेलन गरेर चलचित्रको प्रदर्शनीका विषयमा नीर शाहले जानकारी गराउनुहुनेछ। डायमण्ड शमशेर राणाको ऐतिहासिक उपन्यास सेतो बाघमा आधारित भएर बनाइएको यस चलचित्रमा राणा शासक जंगबहादुरका अन्तिम समयका केही दिनलाई समेटिएको छ। ईतिहास कस्तो घटनाक्रमहरु मिलेर बनेको रहेछ भन्ने कुराको जानकारी यहाँ पाउन सकिनेछ। विरलै बन्ने यस्ता चलचत्रिको पहिलो प्रदर्शनी अष्ट्रेलियाबाट हुनु गौरवको विषय भएको यहाँका बुद्धिजीवीहरुले प्रतिक्रिया दिएका छन्। सिड्नीको प्रस्तुतकर्तामध्येको एक मायाज ईभेन्टसका अनुसार चलचित्र सेतो बाघ हर्सभिलस्थित वेष्टफिल्ड शपिंग सेन्टरको ईभेन्ट सिनेमामा देखाइनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?