विमान खसालेको विषयमा प्रधानमन्त्री एबोटले रुसी राष्ट्रपति पुटिनसँग कडा सम्वाद गर्ने
अष्ट्रेलियन प्रधानमन्त्री टोनी एबोटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको प्रत्यक्ष कुराकानीमा आपूmले मलेसिएन एयरलाईन्सको जहाज एमएच १७ को विषयमा कडा सम्वाद गर्ने बताउनुभएको छ । उहाँले यसमा अष्ट्रेलियन चासो व्यक्त गर्नुहुनेछ । चीनको राजधानी बेइजिंगमा हुन लागेको एपेकको सम्मेलनका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिंग, अमेरिकी राष्ट्रपति बराक ओबामासहित भ्लादमिर पुटिनसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री एबोटले भनेका छन्, मसँग अष्ट्रेलियन जनताको तर्फबाट रुसी राष्ट्रपतिलाई दिनका निम्ति कडा सन्देश छ । उक्त विमानलाई खसाउनेहरुका विरुद्ध भइरहेको अनुसन्धान र तिनलाई कारवाहीको दायरामा ल्याउने कुरामा रुसले आफ्ना शब्दजस्तै व्यवहार पनि कायम राखोस् भन्ने ईच्छा पनि प्रधानमनत्री एबोटको छ । यस घटनामा ३८ अष्ट्रेलियन नागरिकहरुको मृत्यु भएको थियो । यसपछि अझै यी दुई नेताबीच ब्रिसबेनमा हुने जी २० सम्मेलनका क्रममा समेत भेट हुनेछ । तर, यस क्रममा भने यी विषय नउठाइने बताइएको छ । प्रधानमन्त्री दुईबीचको विवादका कारण जी २० सम्मेलन नै छायाँमा परोस् भन्ने चाहनुहुन्न ।