सार्कमा आउने भीभीआईपीको रिट्रिटस्थलको गृहमन्त्री बामदेव गौतमबाट अवलोकन


saarcदक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को रिट्रिटका लागि सरकारले धुलिखेललाई छनोट गरेपछि रिट्रिट स्थलको उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिनुका साथै निर्माणाधीन हेलिप्याडका बारेमा समेत जानकारी लिनुभएको थियो । गृहमन्त्री गौतमसँगै गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालसमेत अवलोकनमा सहभागी हुनुहुन्थ्यो । गृहमन्त्री गौतमलाई काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले सुरक्षा अवस्थाबारे विस्तृत जानकारी गराउनुभएको थियो । यसअघि प्रधानमन्त्री सुशील कोइरालाले पनि उक्त रिसोर्ट पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिइसक्नुभएको छ । सो स्थलको सार्क मुलुकका अधिकांश सुरक्षा निकायले पनि सुरक्षा अवस्थाबारे जानकारी लिइसकेका छन् । यस्तै सार्कको रिट्रिटलाई लक्षित गरेर धुलिखेलका सडक मर्मत गरिएको छ । सडकमा देखिएका खाल्टा पुरिनुका साथै सडकमा डिभाइडर लगाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?