एपेकबाट चीनको स्वतन्त्र व्यापारको मार्गचित्रलाई समर्थन 


apecएसिया–प्रशान्त शिखर बैठकले बेइजिङले प्रस्तुत गरेको यस क्षेत्रमा व्यापक व्यापार क्षेत्रसम्बन्धी मार्गचित्रलाई समर्थन जनाएको छ भने बैठक आयोजक चिनियाँ राष्ट्रपति सी जिनपिङले यसलाई ऐतिहासिक पाइलाको रूपमा लिनुभएको छ । एक दिनअगाडि चिनियाँ राष्ट्रपति सीले जापानी प्रधानमन्त्री सिन्जो आबेलाई करिब तीन वर्षपछि औपचारिक रूपमा भेट गर्नुभयो । दुई मुलुकबीच प्रायः कठिन सम्बन्ध रहनेगरेको छ । चीनको राजधानीमा तालको किनारामा रहेको शिखर बैठक स्थलमा बेइजिङ आफ्नो बढ्दो व्यापार तथा कूटनीतिक शक्ति प्रयोग गर्न चाहन्थ्यो । राष्ट्रपति सीले एपेकले एसिया प्रशान्तका लागि स्वतन्त्र व्यापार क्षेत्र ९एफटाप० प्राप्त गर्ने आफ्नो मार्गचित्रमा समर्थन प्राप्त भएको बताउनुभयो । उहाँले यसले एपेकका सदस्यहरूले क्षेत्रीय अर्थतन्त्रलाई एकीकृत गर्ने कार्य प्रवर्धन गर्ने कुरामा विश्वास तथा प्रतिबद्धता प्रकट गरेको बताउनुभयो । उहाँले यसबाट एफटाप स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा आरम्भ भएको ठानिएको उल्लेख गर्नुभयो । एपेकका २१ मुलुकले विश्वको कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत तथा भाग उपलब्ध गराउँछन् भने यहाँ विश्वको जनसङ्ख्याका ४० प्रतिशत भाग बसोबास गर्छन् । जापानसँग चीनको क्षेत्रीय तथा ऐतिहासिक विवाद कायम रहेको समयमा जापानी प्रधानमन्त्री आबेले शिखर बैठकपछि चीनसँग सहयोगका लागि जोड दिनुभयो र दुई छिमेकी आफ्नो उग्रता पन्छाइ अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले जापान तथा चीन दुबै एकअर्काका लागि आवश्यक भएको, एक अर्कासँग छुट्टिनै नसकिने गरी बाँधिएको तथा दुबै मुलुक क्षेत्रीय तथा विश्वको शान्ति तथा समृद्धिका लागि जिम्मेवार भएको बताउनुभयो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनले एपेकमा आफ्नो ध्यान केन्द्रित गरेको तथा एफटाप प्राप्त गरेकोमा प्रशंसा गर्नुभयो । यो प्रस्ताव सन् २००६ मा पहिलो पटक प्रस्तुत भएको हो भने अमेरिकाले आफ्नो प्राथमिकता अन्तर प्रशान्त साझेदारी ९टीपीपी०मा रहेको राष्ट्रपति ओबामाले पुनः जोड दिनुभयो । चिनियाँ राष्ट्रपति सीले अमेरिकी समकक्षी ओबामाको सम्मानमा झोङनानहाइमा भोजको आयोजना गर्नुभयो । उहाँहरूबीच बुधबार पुःन भेटवार्ता हुनेछ । चीनको बढ्दो आर्थिक तथा सैनिक प्रभाव वासिङ्टनका लागि तनावको विषय बनेको छ र उनीहरूबीच साइबर गुप्तचरीका लागि आरोपप्रत्यारोप हुने गरेको छ । मङ्गलबार ह्वाइट हाउसले सूचना प्रविधिको व्यापारमा भन्सार घटाउन यी दुबै मुलुकबीच समझदारी भएको घोषणा गरेको छ र यसले उनीहरू आपसमा मिलेर काम गर्नसक्छन् भन्ने देखाएको छ । अमेरिकी राष्ट्रपति ओबामाले बेइजिङमा दुई सरकार प्रवेशाज्ञाको अवधि एक दशकसम्म बढाउन सहमत भएको घोषणा गर्नुभएको छ । यस अवधिमा चिनियाँ राष्ट्रपति सीले एसिया प्रशान्त क्षेत्रका लागि चिनियाँ दृष्टिकोण अगाडि बढाउनुभएको थियो । यसबीच अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो मुलुक स्पष्ट रूपमा प्रशान्त मुलुक भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?