अमेरिका तथा चीनबीच मौसमसम्बन्धी ऐतिहासिक सम्झौता


china usaअमेरिका तथा चीनले बुधबार हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने एक कार्ययोजनामा सहमति गरेका छन् । यसलाई मौसमसम्बन्धी वैज्ञानिकहरूले प्रशंसा गरेका छन् भने अमेरिकी रिपब्लिकनहरूले यसका कारण अमेरिकामा नोकरी कटौती हुने भनी भत्र्सना गरेका छन् । बेइजिङ शिखर बैठकमा विश्वमा सबैभन्दा बढी प्रदुषण गर्ने मुलुकका नेताहरूले आउँदो वर्ष पेरिसमा अन्तर्राष्ट्रिय वार्ताअगाडि पृथ्वीको तापक्रम बढ्न नदिने यस कार्ययोजनामा नयाँ गति दिन सम्झौता गर्ने प्रयास गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुई मुलुकले यस्तो ग्यासको उत्सर्जनको लक्ष्य निर्धारण गर्ने घोषणा ऐतिहासिक सम्झौता भएको र यो अमेरिका तथा चीनबीच सम्बन्धमा प्रमुख कोसेढुङ्गा भएको बताउनुभयो । चिनियाँ राष्ट्रपति सी जिनपिङले पेरिसमा अन्तर्राष्ट्रिय मौसम परिवर्तनसम्बन्धी वार्ता एक सम्झौतामा पुगोस् भनी निश्चित गर्न आफूहरूले सहमति गरेको बताउनुभयो । वैज्ञानिकहरूले मौसम परिवर्तनलाई नियन्त्रण गर्न गर्नुपर्ने प्रयासको समय फर्कनै नसक्ने विपत्तिको अवस्थामा पुग्नथालेको चेतावनी दिएका छन् । यो समस्या समाधान गर्न हालसम्म अमेरिका तथा चीनले चाहना देखाएका थिएनन् । चीनले आफ्नो हरितगृह ग्यास उत्पादन सन् २०३० मा उच्च तहमा पुग्ने लक्ष्य राखेको छ । अमेरिकी राष्ट्रपति ओबामाले यस्तो उत्सर्जनलाई कम गर्ने, उच्च तह निर्धारण गर्ने र त्यसलाई घटाउने प्रयासको प्रशंसा गर्नुभयो । राष्ट्रपति ओबामाले अमेरिकाले आफ्नो हरितगृह ग्यास उत्सर्जन सन् २०२५ सम्म सन् २००५ को अवस्थामा पु¥याउने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले चिनियाँ समकक्षी सीसँग एक संयुक्त पत्रकार सम्मेलनमा मौसम परिवर्तनविरुद्ध विश्वव्यापी प्रयासमा नेतृत्व गर्ने आफूहरूको विशेष जिम्मेवारी रहेको बताउनुभयो । उहाँले आफूहरूले सबै अर्थतन्त्रलाई बढी महत्वाकाँक्षी हुन अभिप्रेरित गर्ने बताउनुभयो । अमेरिका तथा चीनले विश्वको कूल कार्बन डाइअक्साइडको उत्पादनमा ४५ प्रतिशत भाग ओगटेका छन् । आउँदो वर्ष सन् २०२० सम्म यस्तो उत्सर्जन घटाउन हुने विश्वव्यापी सम्झौता हुनदिन उनीहरूको प्रमुख भूमिका हुनेछ । विश्वव्यापी लक्ष्य निर्धारण गर्ने विषयमा यी दुई मुलुक निकै लामो समयसम्म विवादमा रहेका थिए । उनीहरूले एक अर्कामाथि पृथ्वीको वातावरण तताउने यस्तो ग्यास बढी उत्सर्जन गरेको आरोप लगाउँदै त्यसलाई घटाउन बढी जिम्मेवारी लिनुपर्ने दाबी गरेका थिए । सन् २००९ मा कोपनहेगन सम्मेलन निस्फल हुने अवस्थामा पुगेको थियो भने त्यसलाई अमेरिकी राष्ट्रपति ओबामा तथा तत्कालिन चिनियाँ प्रधानमन्त्रीले अन्तिम समयमा सम्झौता गरी जोगाउनुभएको थियो । यसपछि वासिङटन तथा बेइजिङ यस विषयमा नजिक आएका हुन् । अमेरिकामा केन्द्रीय कार्यालय रहेको वातावरणसम्बन्धी समूह वल्र्ड रिसोर्सेज इन्स्टिच्युटले राष्ट्रपति ओबामा तथा चिनियाँ समकक्षी सीबीचको सम्झौताको प्रशंसा गरेको छ । अमेरिकामा हाल मौसम परिवर्तन सम्बन्धी राष्ट्रपति ओबामाको काम उहाँको कार्यकारी आदेशमा भर पर्छ र उहाँले यस विषयमा संसदबाट विरोध सहनुपर्छ । राष्ट्रपति ओबामाले गर्नुभएको नयाँ बचनबद्धताको समय एक दशकभन्दा बढी अवधिको छ भने उहाँको राष्ट्रपति पदको अवधि दुई वर्ष बाँकी छ । हाल संसदको मध्यावधि निर्वाचनमा दुबै सभालाई प्रतिपक्षी रिपब्लिकनले आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले वातावरणसम्बन्धी कानुन पारित गर्ने काम अझै कठिन बनाउने छन् । यसको अग्रिम सङ्केतको रूपमा अमेरिकी सिनेटका नयाँ रिपब्लिकन नेता मिच म्याकोनलले राष्ट्रपति ओबामाले हरितगृह ग्यास उत्सर्जन घटाउने योजनाको विरोध जनाउनुभएको छ । उहाँले यो अव्यवहारिक योजना भएको, आफूपछिका राष्ट्रपतिमा बोझ थपिएको र यसले रोजगारी कटौती गर्नसक्ने बताउनुभयो । युरोपेली महासङ्घले गत महिना सन् २०३० सम्म सन् १९९० को स्तरमा यस्तो उत्सर्जन ४० प्रतिशतले कटौती गर्ने बचन दिएको छ । युरोपेली महासङ्घको विश्वको हरितगृह ग्यास उत्सर्जनमा ११ प्रतिशत, अमेरिकाको १६ प्रतिशत तथा चीनको २९ प्रतिशत अंश रहेको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?