सत्तारुढ दलको प्रस्ताव संविधानसभामा लैजान भट्टराईलाई दबाब, घरमै पुगेर भने, छिटो गर्नुस्


 

???????????????????????????????????????सत्तारुढ नेपाली काँगेस र नेकपा (एमाले) सहितका दलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभामा लैजान आज पुनः समितिका सभापतिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले, राप्रपा र दुई स्वतन्त्र सभासद्सहितका शीर्ष नेताको बैठकले समितिका सभापति डा बाबुराम भट्टराईलाई भेट गरी प्रतिवेदन संविधानसभामा लैजान आग्रह गरेका थिए । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रक्रियामा जानेबारे बैठकमा कुराकानी भएको र समितिका सभापतिले मात्र कुरा अड्काएर राख्न नमिल्ने बताउनुभयो । एमालेका नेता माधवकुमार नेपालले एक जनाको मात्र हठले पुरै प्रक्रिया रोकिन नहुने र नियमावलीअनुसार गर्नुपर्नेमा जोड दिएको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले समितिको नियमअनुसार अघि बढ्नुपर्नेर यसरी दलहरू आफैँ बाधा सिर्जना गर्दै जाने हो भने निर्धारित समयमै संविधान आउन जटिल हुने बताउनुभयो । बैठकपछि दलका नेताहरू समितिका सभापति डा भट्टराईलाई भेट्न सानेपास्थित उहाँकै निवास पुग्नुभएको थियो । काँग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले नेता नेपाल, नेकपा (माले)का महासचिव सीपी मैनाली, राप्रपाका नेता दीपक बोहोरा भेटमा सहभागी हुनुहुन्थ्यो । छलफलमा सभापति भट्टराईलाईले शीर्ष नेताहरूबीच छलफल गरेर चाँडै समितिको बैठक बसी निर्णय गर्ने बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?