सार्कका लागि सजाइँदै काठमाडौं, दुई अर्बको त श्रृंगारमात्रै
काठमाडौँमा हुने १८औँ दक्षिण एसियाली सहयोग सङ्गठन९सार्क०को शिखर सम्मेलनका लागि विभिन्न स्थानमा गरिएका निर्माण कार्यले काठमाडौँ सहरको स्वरुप फेरिएको छ । विशेषगरी काठमाडौँ महानगरपालिका, सहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्क राष्ट्रका प्रमुख तथा सम्बन्धित पाहुनाका सवारीका सम्भावित भ्रमणस्थलका सडक मर्मत, त्यस आसपासका क्षेत्रमा रङरोगन र सरसफाइका कार्य अन्तिम चरणमा पु¥याएका छन् । हरियाली निर्माणले उपत्यकाकै सौन्दर्यमा वृद्धि भएको छ । सार्कका लागि काठमाडौँ उपत्यकाको शृङ्गारलगायतका कार्य गर्न अर्थमन्त्रालयले रु दुई अर्बको बजेट निकासा गरिसकेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले सरसफाइ, हरियाली तथा सजावट र केही पूर्वाधार निर्माणका लागि रु १८ करोड विनियोजन गरेको छ । महानगरपालिकाले एअरपोर्टदेखि तीनकुने, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टीमोडसम्मको सडक खण्डमा हरियाली कायम गर्न विभिन्न बिरुवा रोप्ने तथा सम्भव भएका ठाउँमा दुबो ओछ्याउने कार्य गरेको छ । त्यसैगरी, खुलामञ्चमा घाँस रोप्ने कार्य भइरहेको छ । भद्रकाली, सहिदढोका, घन्टाघर, शान्ति बाटिका, लैनचोरको सहिदपार्क मर्मत तथा सरसफाइको कार्य हुँदै गरेको महानगरपालिकाका भौतिक निर्माण विभागका प्रमुख सञ्जयराज उपाध्यायले जानकारी दिनुभयो । रानीपोखरीमा विद्युतीय सहयोगबाट पानीको फोहरा फाल्ने म्युजिकल फाउन्टेन यही महिनाभित्र निर्माण गरिने छ । त्यस्तै सम्मेलन सुरु हुन एकसाता अघिदेखि नै सम्बन्धित सडकमा ग्लुमरको प्रयोग गरी सडकका धूलो तानेर सफा गरिने छ । सडक विभागले सार्कलाई लक्ष्यित गरी काठमाडौँको करिब ८० किलोमिटर सडक मर्मत तथा सम्भारको काम गरिरहेको छ । त्यसमा ५० किलोमिटर सडकमा नयाँ सतह थप्ने तथा बाँकी ३० किलोमिटरमा रेखाङ्कन ९मार्किङ० सुरु गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सिनामङ्गलदेखि तीनकुने माइतीघरसम्म सरसफाइ र वृक्षरोपणको कार्य गर्दैछ । सार्क राष्ट्रहरूका दूतावास क्षेत्र पर्ने स्थान शीतलनिवास, बालुवाटार, नक्सालमा पनि विशेष सरसफाइ भइरहेको प्राधिकरणले जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागले सम्मेलनका लागि राष्ट्रियसभा गृह तथा सिंहदरबारको ग्यालरी बैठकको पनि मर्मत सम्भार सुरु गरिसकेको छ । सो कार्यका लागि करिब रु २२ करोड खर्च लाग्ने बताइएको छ ।