जनसमर्थन जुटाउन रोल्पा आएको प्रचण्डको भनाई, जनताले चाहेजस्तो संविधान प्राप्त गर्न जनताको साथ चाहियो


prachanda rolpaएकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले विगतमा गरिएका सम्झौताअनुसार नयाँ संविधान निर्माणका लागि जनसमर्थन जुटाउन रोल्पा आएको बताउनुभएको छ । अध्यक्ष दाहालले रोल्पाको राँसीमा आयोजित एक कार्यक्रममा बोल्दै जनताले चाहे जस्तो संविधान निर्माण गर्न आफ्नो पार्टी नेतृत्वलाई रोल्पाली जनताको साथ चाहिएको छ भन्नुभयो । आफ्नो रोल्पा भ्रमणबारे चलिरहेको गलत टीकाटिप्पणीप्रति सङ्केत गर्दै उहाँले आफू फेरि हिंसा र युद्धमा फर्कन नचाहेको प्रष्ट पार्नुभयो । उहाँले जनताको हकअधिकार समेटिने गरी नयाँ संविधान निर्माण नगरिए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो । तोकिएकै समयमा संविधान ल्याउन आफूहरू पनि लागिपरेको बताउँदै उहाँले भन्नुभयो, “विगतमा गरिएको सम्झौताअनुसार जनताको संविधान निर्माण भएन भने हामी हिंसापूर्ण तरिकाबाट होइन, प्रतिस्पर्धात्मक रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने छाँै ।” अध्यक्ष दाहालसहितको टोली आज राति जंकोेटको माडिचौरस्थित नेता वर्षमान पुनको घरमा बास बसी बिहीबार सदरमुकाम आउने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?