व्यूँतियो मधेशी मोर्चा, ६ दल सम्मलित मोर्चाले २२ दलीय मोर्चालाई सघाउने, संविधान नबनेसम्म सरकारमा नजाने


madhesi morchaमधेस केन्द्रित छ वटा दलले मधेसी मोर्चालाई पुनःगठित गर्दै सहमतिका आधारमा संविधान निर्माण हुनुपर्नेमा जोड दिएका छन् । मधेस केन्द्रित दलका शीर्ष नेताको बैठकले २२ दलीय मोर्चालाई अझ सशक्त र प्रभावकारीे बनाउने समेत निर्णय गरेको छ । बैठकले संविधान निर्माण नभएसम्म सरकारमा नजाने, मोर्चाका अवधारणा र कार्यक्रम आगामी बैठकले तय गर्ने र अन्य मधेस केन्द्रित दललाई पनि मोर्चामा सहभागी गराउने निर्णय गरेको छ । उक्त बैठकमा मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदार, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीको सहभागिता रहेको थियो । संविधान निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्दै मधेसी जनताको अधिकार सुनिश्चित गराउन सबै मधेसबादी दलको एकता आवश्यक भएको महसुस गर्दै मोर्चालाई पुनःगठन गर्नुपरेकोे सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो । उहाँले मधेसी जनताको मुद्दालाई स्थापित गर्नका लागि एकतावद्ध भएर सङ्घर्षमा जाने पनि जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?