भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????भारतीय स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान गरिएको छ । नेपाल सरकारका तर्फबाट नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित एक समारोहबीच उक्त उपाधि प्रदान गर्नुभएको हो । समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, प्रधान सेनापति गौरवशमशेर जबरा, राष्ट्रपति कार्यालय र नेपाली सेनाका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । यसैबीच, प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाका स्थल सेनाध्यक्ष दलवीर सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा उहाँहरुबीच नेपाल–भारत सैन्य सम्बन्ध र आपसी हित एवम् चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । भेटमा भारतीय सेनाध्यक्ष सिंहले भारतको सैन्य सेवामा नेपालीले महत्वपूर्ण योगदान गरेको बताउँदै भारतीय सेनामा कार्यरत भूतपूर्व गोर्खा सैनिकलाई भारतीय भूतपूर्व सैनिकले पाएसरहको कल्याणकारी सहुलियत दिन भारत सरकार इच्छुक रहेको उल्लेख गर्नुभयो । भेटवार्तामा भारतीय सेनाध्यक्ष सिंहले आन्तरिक विद्रोहमा लागेका माओवादी लडाकूको समायोजन छोटो समयमा सफलतापूर्वक सम्पन्न गरी नेपालले विश्वसामु एक उदाहरण प्रस्तुत गरेकोमा प्रशंसा गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल र भारतबीच हरेक क्षेत्रमा अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको बताउँदै नेपालमा संविधानसभाबाट निर्धारित मितिमा संविधान जारी भएपछि विकासको गति तीव्र हुने उल्लेख गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?